post-slider post-slider

काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदुषित सहर

Image
A A

काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

एयर क्वालिटी इन्डेक्सका अनुसार मंगलबार काठमाडौँ उपत्यकाको वायु प्रदुषण १७७ एक्यूआइ मापन गरिएको छ। मंगलबार काठमाडौँ विश्वको दोस्रो प्रदुषित सहरका रुपमा सूचीकृत रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ।

प्रदुषण मापनमा शून्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ।

१०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ।  

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ। 

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। 

Tags: