post-slider post-slider

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

Image
A A

काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ-आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायम रहेको छ।

गएराती सम्पन्न खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १-० ले पराजित भयो भने आर्सनल एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको थियो।

यो हारले लिभरपुल र आर्सनललाई ठूलो धक्का लागेको छ। यस सिजनको लिग अन्तिम चरणमा रहेको र तीन क्लबबीच उपाधि जितमा प्रतिष्पर्धा रहेको बेला यो हारले म्यानचेस्टर सिटीको उपाधि जित्ने सम्भावना बढेर गएको छ।

३२ खेलपछि म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ भने आर्सनलको ७१ अंक रहेको छ। त्यस्तै, ७१ अंक नै रहेको लिभरपुलको भने गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ।

Tags: