post-slider post-slider

लघुवित्तका वरिष्ठ फिल्ड सहायकविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- ग्रामीण विकास लघुवित्त संस्था टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीसँग १९ लाख २ हजार २३७ रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

अधिकारीले किर्ते सदस्य बनाएर आर्थिक वर्ष २०६८/६९ देखि लघुवित्तको रकम अपचलन गरेको आरोप छ।

Tags: