post-slider post-slider

सानदार जितसहित प्रिमियर लिगमा सिटी शीर्षस्थानमा

Image
A A

काठमाडौं- म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। सिटीले लुटन टाउनलाई ५-१ ले हराएको छ।

सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे। लुटनका लागि रोस ब्राकलेले गोल फर्काएका थिए।

सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो।

दोस्रो मिनेटमा लुटनका डेकी हिसाहोकाले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले अग्रता लिएको थियो। कोभाएले ६५ औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

हालान्डले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि सिटीले अग्रता ३-० बनायो। ८१ औं मिनेटमा ब्राकलेले गोल गरेपछि लुटनले अन्तर घटाएको थियो।

८७ औं मिनेटमा जेर्मी र इन्ज्युरी समयमा ग्राभाडिओलले गोल गर्दै टोलीको जितलाई फराकिलो बनाएका थिए।

शनिबार अन्य खेलमा नटिङघम फरेस्ट र वुल्भ्सले २-२ तथा बर्नली र ब्राइटनले १-१ को बराबरी खेलेका छन्। ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २-० र न्युक्यासल युनाइटेडले टोटनहमलाई ४-० ले हराएको थियो। यस्तै, म्यानचेस्टर युनाइटेड र बोर्नेमाउथबीचको खेल २-२ को बराबरीमा रोकिएको छ।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ। सिटीले ३२ खेलबाट ७३ अंक पुगेको छ। एक खेल कम खेलेको दोस्र्रो स्थानको आर्सनल र तेस्रो लिभरपुलको समान ७१ अंक छ। लुटन २५ अंकसहित १८ औं स्थानमा छ।

Tags: