post-slider post-slider

पूर्वन्यायाधीश गिरी जेल चलान

Image
A A

काठमाडौं - वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो। 

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाइँ लडिरहेकी थिइन्।

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको हो।
 

Tags: