post-slider post-slider

सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ

Image
A A

काठमाडौं- बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्।

मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो। मोटरसाइकलमा आएका दुई जना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए। गोली चलाउँदा सलमान आफ्नै घरमा थिए।

घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो। खानलाई लरेन्स-गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो।

मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो। फरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएका छन्।

यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो। यो समूहले सलमानलाई यसअघि पनि पटक-पटक धम्की दिँदै आएको छ।

Tags: