post-slider post-slider

सुदूरपश्चिममा कांग्रेसलाई सघाउने समाजवादीको अवसरवादी चरित्र : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गरेर नेकपा एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगबाट प्रकट भएको बताएका छन्।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा वर्तमान सत्ता समीकरणमार्फत् नाउपालाई समर्थन नगर्ने र कांग्रेस केन्द्रित समीकरणबाट समथर्न गर्ने समाजवादीको कदम अराजनीतिक प्रवृत्ति भएको बताए।

उनले समाजवादीको कदम विपक्षीहरूको आशा पलाउने र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी भएको बताए। ओलीले कम्युनिष्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरूको विपक्षमा गरेको आरोपसमेत लगाए।

ओलीले समाजवादीको आधार तयार पारेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउँदै एमाले ध्यान मिसन ८४ मा केन्द्रीत रहेको धारणा राखे। उनले अहिलेको अवस्थामा देशमा देखिएको समस्या समाधानका लागि नयाँ समीकरण बनाइएको भन्दै मन्त्रालयको विवादमा फसेर समय खेर फाल्न एमालेले उचित नठानेको जिकिर गरे।

त्यस्तै, अध्यक्ष ओलीले बामपन्थीका नामको एकताले सरकार र देश नचल्ने स्पष्ट पारे। बामपन्थी भनिएका शक्तिहरू वास्तविक रूपमा बामपन्थी हुन नसक्ने भन्दै उनले यस्ता बामपन्थीबाट पार्टी बलियो हुन नसक्ने तर्क गरे।

उनले आवश्यक परेका बेला छानेर बामपन्थी एकता हुने भन्दै पार्टी बिगार्ने अवसरको खोजीका लागि र आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध नगराउने बताए।

अध्यक्ष ओलीले पछिल्लो समय एमालेले चालेको कदमहरू सही रहेको भन्दै यसलाई सफल बनाउने गरी अघि बढ्न निर्देशन दिए।

Tags: