post-slider post-slider

खुर्पा प्रहार गरी नुवाकोटमा एक जनाको हत्या

Image
A A

नुवाकोट- नुवाकोटमा एक जनाको हत्या भएको छ। ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङको आइतबार राति हत्या भएको हो।

प्रहरीका अनुसार धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बरबहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

डम्बर बहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Tags: