post-slider post-slider

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Image
A A

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।

बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको छ।

Tags: