post-slider post-slider

आइपिएलमा लखनउमाथि कोलकोताको सहज जित

Image
A A

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो।

लखनउले दिएको १६२ रनको लक्ष्य पछाएको कोलकोताले १५.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। कोलकोताका लागि फिल साल्टले अविजित ८९ र कप्तान श्रेयस अय्यरले अविजित ३८ रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।

यो जारी आइपिएलमा कोलकोताको पाँचौं खेलमा चौथो जित हो। यो जितपछि कोलकोताको ८ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी, लखनउको भने यो तेस्रो हार हो। ६ खेलमा ३ जित र ३ हार व्यहोरेको लखनउको ६ अंक रहेको छ।  

Tags: