post-slider post-slider

हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

Image
A A

काठमाडौं- नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको थियो। वर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए।

यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शिर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ।

नेपालले अब समूह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ।

त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो। ३ खेलमा एक जित र २ हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ।

Tags: