आफैं गाडी चलाएर सीमा आउनेलाई लिन पुग्छन् वडाध्यक्ष थारु 

आफैं गाडी चलाएर सीमा आउनेलाई लिन पुग्छन् वडाध्यक्ष थारु 

कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लामो लकडाउनका कारण नागरिकसँगै धेरैजसो कर्मचारी र जनप्रतिनिधिहरू
आ-आफ्नै घरमा बसिरहेका भेटिन्छन्।
केही कर्मचारीबाहेक आफ्नो व्यक्तिगत कामको अलावा सामाजिक र संस्थागत वा गाउँपालिकासमेतको काममा बाहिर निस्कन मान्दैनन्।
यहाँसम्मकी बाँकेको नरैनापुर गाउँपालिकाका वडाध्यक्षहरूले भारतबाट आएका नागरिकलाई राख्न बनाइएको क्वारेन्टाइन व्यवस्थापनमा समेत गाउँपालिकाको साथ दिएनन्।

क्वारेन्टाइन व्यवस्थापनमा केही कर्मचारीमात्र खटेर बनाउँदा प्रभावकारी र व्यवस्थित नभएपछि गाउँपालिकाले चौतर्फी आलोचना खेप्नुपरिरहेको छ। 
क्वारेन्टाइन व्यवस्थापनका लागि अदालत तथा मानव अधिकारवादी संस्थाहरूले समेत चासो लिनुपर्यो। लथालिंग व्यवस्थापनका कारण कोरोना संक्रमितको संख्या सम्हाल्न नसक्ने बढेपछि गाउँपालिकाले केन्द्र सरकार गुहार्नुपरेको थियो।

क्वारेन्टाइन व्यवस्थापन हुन नसक्नु तथा संक्रमितको संख्या अत्यधिक बढेर एक युवाको मृत्युसमेत हुनुको मुख्य कारणमध्ये जनप्रतिनिधिले साथ नदिनु पनि थियो।

नरैनापुरलगायत अधिकांस स्थानीय तहमा यस्तो अवस्था रहेका बेला राप्ती सोनारी गाउँपालिकामा भने अवस्था फरक रहेको छ। राप्तीसोनारी ७ नम्बर वडाका वडाध्यक्ष भने भारतबाट आएका नागरिकको रेखदेखमा यति खटिए कि उनी आफैं संक्रमित भएर आइसोलेसनमा समेत बसे। वडाध्यक्ष रामलखन थारुले क्वारेन्टाइनलाई बास बनाएका छन्।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको रातदिन रेखदेख गर्न उनले क्वारेन्टाइनमै बास बनाएका हुन्। 

उनले कोरोनाभन्दा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छन्। उद्दार, राहत र क्वारेन्टाइन व्यवस्थापनका लागि उनी अहोरात्र खटिरहेका छन्। लकडाउन भएपछि उनी घर गएका छैनन्। 

भारतबाट आएकाको सिमानामा गएर उद्दार गरी क्वारेन्टाइनमा ल्याउने र क्वारेन्टाइनमा रहेकाको सेवा गर्नमै वडाध्यक्ष थारुको दिन–रात बित्ने गरेको छ। वडाका कुनै सदस्य मध्यरातमा नाकामा आए भने पनि जानकारी पाउनेबित्तिकै उनी उद्दारका लागि गाडी लिएर तत्काल पुग्छन्।
उनले कोरोनाभन्दा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छन्। उद्दार, राहत र क्वारेन्टाइन व्यवस्थापनका लागि उनी अहोरात्र खटिरहेका छन्। लकडाउन भएपछि उनी घर गएका छैनन्। 
भारतबाट आएका नागरिकको सेवामा लाग्नुपर्ने भएकाले घरमा जाने फुर्सद नपाएको तर्क पेश गर्छन् उनी।
भारतबाट आएकाको सम्पर्कमा बस्नुपर्ने भएकाले कोरोना सर्न सक्ने उनले राम्ररी बुझेका छन्। ‘म आफू त जोखिममा छु नै, मेरो कारण परिवारका सदस्य जोखिममा नपरुन् भन्ने मेरो मान्यता छ,’ उनले आयोमेललाई सुनाए, ‘घरमा गएर अलग बस्न पनि सकिन्थ्यो तर अहिले परिवारभन्दा बढी भारतबाट आएर क्वारेन्टाइनमा बस्नेलाई मेरो आवश्यकता छ।’

सुरुको केही समय उनी नरैनापुरको सुईंया–कटकुईंया नाकामा अलपत्र परेका आफ्ना वडाका नागरिकको उद्दारमा जुटे। 
गाडी चालकले भारतबाट आउनेलाई बोक्न नमानेपछि उनी आफैं गाडी चलाएर नाकाबाट सर्वसाधारण ओसार्न पछि परेनन्।

आधा रातमा फोन आए पनि उनीहरूलाई लिन नाकामा पुगेको उनले बताए। ‘राम्रो समयमा साथ त जसले पनि दिन्छ। यो समय भनेको जनताको सेवा गर्ने समय हो,’ अध्यक्ष थारुले भने, 'दुःखमा साथ दिनु नै सच्चा समाजसेवा हो। जनप्रतिनिधिको दायित्व र कर्तव्य पनि यही हो।’

नाकाबाट मानिस ओसार्नका लागि उनले गाडी भाडामा लिएका छन्। तर, कोरोना सर्ने डरले चालक आउन नमानेपछि उनी आफैं गाडी चलाउँछन्। ‘गाडी चालक आउन नमानेपछि आफैं गाडी चलाएर उद्दारका लागि नाकामा पुग्छु,’ उनले भने।

उनी उद्दारमा मात्र खटिन्नन्। आफ्नो वडाका कोरोना संक्रमितलाई राख्न आफ्नै वडामा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय भएर लाग्छन्। उनले आफ्नो वडामा दुईटा आइसोलेसन र दुईटा क्वारेन्टाइन बनाएका छन्। ‘म पनि क्वारेन्टाइन भएको भवनमा बस्ने गरेको छु,’ अध्यक्ष थारुले भने, ‘सँगैको भवनमा बस्दा रेखदेख र व्यवस्थापनमा सजिलो भएको छ।’

थारुले क्वारेन्टाइन र आइसोलेसनमा रहेकाको आफैंले निगरानी गर्दै आएका छन्। ‘क्वारेन्टाइन र आइसोलेसनमा रहेकाको खानपिनमा कुनै असुविधा नहोस् भनेर प्रत्यक्ष पुगेर सोधपुछ गर्छु,’ उनले भने। 


Leave a Reply

Your email address will not be published.