झापामा मकै किसानको लगानी डुब्दै

झापामा मकै किसानको लगानी डुब्दै

‘बारीमा लगाएको मकैको एक घोगो पनि लागेन,’ झापा गौरादह नगरपालिका–९ तल्लो दहगाउँकी ईश्वरा पौडेलले दुखेसो गरिन्, ‘६ सय रुपैयाँ किलोको तीन किलो बीउ ल्याएर मकै रोपें तर पोली खाने पनि फलेन।’ 

उनले ५ कट्ठा जमिनमा लगाएको मकैको बोट सप्रेर आयो । हलक्क बढेको मकै हेर्दा राम्रो फलेछ भन्ने उनलाई लागेको थियो।        
‘एउटै मकैको बोटमा ५–६ वटासम्म सुत्ला पनि लाग्यो,’ उनले भनिन्, ‘तर घोगो लागेन बोट थारिएर बस्यो।’ सुत्ला नबढेको तर दाना नलागेको उनले बताइन्।

अठार सयको बीउ, मल, पानी लगाउँदाको पैसा खेर गएकोमा उनको चिन्ता छ। ‘पैसा त खेर गयो गयो, आफ्नो मिहिनेत र पसिना त्यत्तिकै खेर गयो,’ उनले दुखेसो गरिन्, ‘अहिले मकै हटाएर खेत खाली गर्न समस्या भएको छ।’

उनले राम्रो फल्ने र उन्नत जातको भनेर बीउ लगेर रोपेको सुनाइन्। ‘बेच्नेले त मलाई मात्रै होइन, अरुलाई पनि त बेचे होलान्। सबैको यस्तै त भयो होला नि,’ उनले भनिन्। 

ईश्वराले गाउँबाट किनेर लगाएको लोकल मकै भने राम्रै फलेको सुनाइन्। ईश्वरा र गणेशको मात्रै होइन, उनीहरूका छिमेकीले लगाएको मकै बारीमा नै ठाडै सुकेको छ।

उनको मात्रै होइन स्थानीय गणेश निरौलाले लगाएको उन्नत जातको मकै पनि फल्दै फलेन। गणेशले लगाएको मकै पनि सुत्ला च्यापेर त्यसै थारियो।

 

 

ईश्वराले गाउँबाट किनेर लगाएको लोकल मकै भने राम्रै फलेको सुनाइन्। ईश्वरा र गणेशको मात्रै होइन, उनीहरूका छिमेकीले लगाएको मकै बारीमा नै ठाडै सुकेको छ।

राम्रो फल्ने आसमा लगाएको मकै सुत्ला च्यापेर थारिनु र आगो लगाएजस्तै भएर जल्दा आफूहरू आश्चर्यमा परेको तुलसी सुवेदीले बताए। यस्तो हुँदा किसानलाई मात्र बेफाइदा भएको छैन, कृषि विज्ञका लागि चुनौती थपिएको सुवेदीको ठम्याइ छ। 

बारीमा मकै थारिने र जल्ने मात्रै होइन उत्पादित मकै नबिकेर किसानहरू हैरान छन्। लकडाउनका कारण पनि मकै बिक्री नभएको होला भनेर आफूहरू अहिलेसम्म चित्त बुझाएर बसेको किसानको भनाइ छ। 

साबिक महाभारा–५ झोडाका विनोद योङ्याले किसानले उत्पादित मकैको मूल्य नै नभएको बताए । ‘प्रतिकेजी १७ रुपैयाँ मात्रै मूल्य छ,’ कोरोना महामारीका कारण किसान मारमा परेको दाबी गर्दै योङ्याले भने, ‘नफल्ने मात्रै होइन, नबिक्ने समस्याले किसान पिरोलिएका छन्।’

यद्यपि किसानलाई यतिबेला धेरथोर जति फलेको मकै थन्क्याउन चटारो छ। लगानी गरेर फलाएको मकै भाँच्न नभ्याएर खेतबारीमा बोटबोटमै लत्रिएर रहेको छ भने कतिपय ठाउँमा भाँचेर भूइँमा त्यसै छाडिएको छ। कतिपय किसानले मकै छोडाएर सुकाउँदै थन्क्याउन थालेका छन्।
 


Leave a Reply

Your email address will not be published.