काेराेना संकटमा असहायकाे सेवामा ‘मेची अभियान’

काेराेना संकटमा असहायकाे सेवामा ‘मेची अभियान’

आपतसँगै रहने र अप्ठ्यारोमा साथ दिने लक्ष्यसाथ पाँच वर्षअघि  सुरु भएको मेची अभियानले कोरोना संक्रमण न्यूनीकरणका लागि  जनस्तरदेखि प्रदेश सरकारसम्मलाई सहयोग गर्न भ्याएको छ। 

भारतको पश्चिमबंगाल र बिहार राज्यका विभिन्न स्थान, पूर्वीनाकामा अलपत्र परेकाको उद्धार, भारतीय भूमिमा खाली पेट सडकमा बस्न बाध्यलाई खाद्यान्न, काँकडभिट्टा, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खाद्यान्न उपलब्ध गराउने, खाना खुवाउने काम गरेर दु:खको भरपर्दो सहयोगी बनेको छ मेची अभियान। अभियानले सयौंको उद्धार गरेको छ।  

काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा रहेका विद्यार्थीलाई नि:शुल्क  घर ल्याएको छ। दुवै देशका सुरक्षाकर्मी र प्रशासनसँग समन्वय गरेर भारतका विभिन्न ठाउँमा रहेका नेपालीलाई अभियानले घरसम्म पठाएको छ।

कोरोना कहरसँग जुधेर काम गरिरहेको अभियानले खाद्यान्नसँगै स्वास्थ्य सामग्री वितरणमा पनि फड्को मारेको छ। जनस्तरदेखि सरकारसम्म आफ्नो सहयोगी  हात फैलाएको अभियानले प्रदेश-१ सरकारलाई  १ सयथान व्यक्तिगत सुरक्षा कवच (पिपिई) हस्तान्तरण गरेको छ। 

अभियानमार्फत विराटनगर महानगरपालिकालाई ५०, जिल्ला प्रहरी कार्यालय ३०, एपिएफ १०, इलाका प्रहरी कार्यालय काँकडभिट्टा १०, मेचीनगर नगरपालिका १० र ताप्लेजुङ प्रहरीलाई पाँचथान पिपिई उपलब्ध गराइएको छ।

पहिलो चरणमा अभियानले विभिन्न संघसंस्था र व्यक्तिलाई  १ हजार ७ सय ३० थान मास्कसमेत उपलब्ध गराएको छ। दोस्रो र तेस्रो चरणमा झापाका १२ पालिकालाई ८ सयथान भिटिएम, ६० थान पिपिई  १ हजार २ सयथान मास्क र १२ कार्टुन स्यानिटाइजर उपलब्ध गराइएको छ। 

मेचीनगरलाई २ सयथान भिटिएम र बुद्धशान्तिलाई १ सयथान भिटिएम, पाँचथान पिपिई, १ सयथान एन९५ मास्क, एक कार्टुन स्यानिटाइजर उपलब्ध गराइएको छ। 

तेस्रो चरणमा अर्जुनधारा र शिवसताक्षी नगरपालिका तथा हल्दिबारी र कमल गाउँपालिकालाई  ५०-५० थान भिटिएम, पाँच-पाँचथान पिपिई, १  सयथान एन९५ मास्क, एक कार्टुन  स्यानिटाइजर उपलब्ध गराइएको हो।

दोस्रो चरणमा आठ र तेस्रो चरणमा चार पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। दोस्रो चरणमा भद्रपुर र गौरादह नगरपालिका, कचनकवल, बाह्रदशी, झापा र गौरीगन्ज गाउँपालिका प्रत्येकलाई ५०-५०  थान भिटिएम, पाँच-पाँचथान पिपिई, १ सयथान एन९५ मास्क, एक कार्टुन स्यानिटाइजर उपलब्ध गराइएको छ। 

तेस्रो चरणमा अर्जुनधारा र शिवसताक्षी नगरपालिका तथा हल्दिबारी र कमल गाउँपालिकालाई ५०-५० थान भिटिएम, पाँच-पाँचथान पिपिई, १ सयथान एन९५ मास्क, एक कार्टुन स्यानिटाइजर उपलब्ध गराइएको हो।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्मा पुगेका थिए। शर्माले अधिकांश पालिकामा बनाइएका क्वारेन्टाइन अवलोकन गरी जानकारी लिएका छन्।

बिर्तामोड, दमक र कन्काई नगरपालिकाको अवस्था हेरेर सहयोग गर्ने याेजना छ। ठूलो परिमाणमा रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधीसमेत उपलब्ध गराएको अभियानले जिल्लाका विभिन्न स्थानमा निसंक्रमण टनेलसमेत बनाएर धेरैको मन जितेको छ। हालसम्म कसैसँग पनि चन्दा संकलन गरिएकाे छैन। स्वेच्छिक सहयोगमार्फत जम्मा भएको रकमबाट काम गर्न सम्भव भएको हाे। 


Leave a Reply

Your email address will not be published.