आयोमेल पार्टी विशेषको त होइन?
म आयोमेलको फेसबुक पेजमा जोडिएको एक महिना भयो। पेजमा सम्प्रेषण हुने विषयवस्तु एकमै सान्दर्भिक छन्। यो पेजमा जोडिँदा त सुरुमा यो के होला भन्ने लागेको थियो। पछि थाहा भयो यो कुनै अनलाइनको आधिकारिक पेज हो।
अहिले नेपाली पत्रकारितामा कम्पिटिसनको नाममा अनि भ्युअर्स बढाउने नाममा दिगभ्रमित गर्ने खालका समाचार थुप्रै सेयर भइरहेका हुन्छन्।
तर, आयोमेलका समाचार पढ्दा एकदमै फरक र विश्वसनीय लाग्ने खालका छन्। यो कुरालाई निरन्तरता दिँदै सफल यात्राका लागि शुभकामना। यो पनि कुनै पार्टी विशेषको नहोस्।