रिपोर्ट आउन ढिला भएपछि बैतडीमा तीन दिनदेखि स्वाब संकलन रोकियो

रिपोर्ट आउन ढिला भएपछि बैतडीमा तीन दिनदेखि स्वाब संकलन रोकियो

कोरोना परीक्षणका लागि संकलन गरिएका पुरानो स्वाबको नतिजा आउन ढिलाइ हुँदा सुदूरपश्चिम प्रदेशको बैतडीमा तीन दिनदेखि नयाँ स्वाब संकलन रोकिएको छ। 

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीका अनुसार पुरानै स्वाबको रिपाेर्ट नआएपछि स्थानीय तहले नयाँ स्वाब संकलन नगरेका हुन्। बैतडीमा असार १ गतेपछि संकलन भएका स्वाबको रिपोर्ट नआएको उनले बताए। 

‘धेरै स्थानीय तहले आरडिटीबाट क्वारेन्टाइनमा बसेका नगरिकको स्वास्थ्य परीक्षण गरी घर पठाउने गरेका छन्,’ उनले भने, ‘रिपोर्ट आउन ढिलाई भएपछि स्वाब संकलन गरेका नागरिकलाई पनि रिपोर्ट नआउँदै घरपठाउनुपर्ने बाध्यता छ।’

हालसम्म जिल्लाका ९ हजार बढी नागरिकको आरडिटी परिक्षण गरिएकोमा १ हजार ५ सय बढीको आरडिटी पोजेटिभ देखिएको उनले बताए। 

अहिलेसम्म बैतडीका १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ७ सयजनाकाे रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए। बैतडीबाट हालसम्म १३ हजार बढी स्वाब संकलन भएकाे छ।


Leave a Reply

Your email address will not be published.