धनगढी उपमहानगरको आगामी वर्षको बजेट साढे १ अर्ब ६३ करोड

धनगढी उपमहानगरको आगामी वर्षको बजेट साढे १ अर्ब ६३ करोड

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका २०७७/७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको छ। 

सामाजिक दुरिसहित स्वास्थ्य सुरक्षा अपनाई धनगढीस्थित ओम प्यालेसमा आयोजित पाँचौ नगर सभामा उपमहानगरपालिकाकी उपप्रमुख शुसिला मिश्र भट्टले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन्। 

प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ८५ करोड र पूजीगत खर्च तर्फ ७८ करोड ८२ लाख रहेको छ।

बजेटमा आयतर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ।

बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्रौथमिकतामा राखिएको छ।

यसैगरी आगामी वर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ। पाँचौ नगरसभा उपमहानगरपालिकाका  प्रमुख नृप बहादुर वडको सभापतित्वमा संचालन भएको हो।

गोदावरीको नगरसभा कांग्रेसका जनप्रतिनिधीद्वारा बहिस्कार 

यस्तै गोदावरी नगरपालिकाको आगामी आर्थिक वर्षको नगरसभालाई कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले बहिस्कार गरेका छन्। 

बजेट एकलौटी भएको, डल्लो बजेट राखेको, कार्यकर्ता मुखी बजेट ल्याएको आरोपमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले बजेट बहिस्कार गरेका हुन्। कांग्रेसबाट निर्वाचित करिब ३० जना जनप्रतिनिधीले बजेट बहिस्कार गरेपछि नगरसभा रोकिएको छ।


Leave a Reply

Your email address will not be published.