दाङमा एक स्वास्थ्यकर्मी र जनप्रतिनिधमा कोरोना संक्रमण  

दाङमा एक स्वास्थ्यकर्मी र जनप्रतिनिधमा कोरोना संक्रमण  

दाङमा थप एक जना जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा बंगलाचुली गाउँपालिका-२ का अध्यक्ष र एकजना महिला स्वास्थ्य स्वयम सेविकामा कोरोना संक्रमण देखिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिएका छन्।

महिला स्वास्थ्य स्वयमसेविका वडा नम्बर १ निवासी भएपनि वडा नम्बर २ को क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको थियो। उनीहरूको स्वाब संकलन जेठको २५ गते वडा नम्बर २ को प्रावि बोढिपोखरा क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेको १७ दिनपछि रिपोर्ट आज आएको हो।

योसँगै दाङमा कोरोना भाइरस संक्रमित हुने जनप्रतिनिधिको संख्या चार पुगेका छ। यसअघि बंगलाचुली- ५ र ६ का वडा सदस्य र घोराही उपमहानगरपालिका- २ का वडा अध्यक्षहरूमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू मध्य बंगलाचुली गाउँपालिका- ५ का वडा अध्यक्ष उपचारपछि घर फर्कि सकेका छन्।


Leave a Reply

Your email address will not be published.