किसानकाे गुनासाे– ‘दूध खाएर भातको भोक मेटिँदैन’ 

किसानकाे गुनासाे– ‘दूध खाएर भातको भोक मेटिँदैन’ 

वीरेन्द्रनगरका कृषक चन्द्रप्रसाद आचार्यले गाईपालन गर्न थालेको ६ वर्षभन्दा धेरै भइसकेको छ। वीरेन्द्रनगर–११ स्थित उनको आचार्य कृषि फर्ममा हाल १७ वटा गाई छन्। 

दैनिक ९० लिटरभन्दा धैरै दूध उत्पादन भइरहेको आचार्य आफ्नो फर्मबाट अहिले ३० लिटरसम्म मात्र दूध बिक्री वितरण हुने बताउँछन्।
कोरोना भाइरस संक्रमण रोकथाम गर्न लकडाउन भएयता उनको फर्मबाट दूधको बिक्रीमा कमी आएको छ। दैनिक उत्पादन भइरहेको दूधले बजार पाएको छैन। आचार्यले भने, ‘पहिले सबै दूध बिक्री हुन्थ्यो। बजारमा दूधको माग अत्यधिक थियो। अहिले बजारमा दूधको माग नभएपछि दैनिक घाटा बेहोर्नुपरेको छ।’

आचार्य जस्तै वीरेन्द्रनगर–१० मा रिजन कृषि तथा पशुपंक्षी पालन फर्म सञ्चालनमा ल्याएकी मनीषा रावतको पनि व्यावसायिक व्यथा उस्तै छ। चार गाई र ६ भैसी पालेर दूध उत्पादन गरिरहेकी उनले उत्पादित दूधको बजार नपाएको बताउँछिन्।

उनी भन्छिन्, ‘पहिले हाम्रो फर्मबाट दूध संकलन गर्नेले पनि कमै मात्रामा दूध संकलन गरिरहेका छन्। माग छैन भन्दै कमै मात्रामा दिन्छन्। बाँकी रहेको दूधलाई दही जमाउनुबाहेकको विकल्प छैन।’

बचेको दूधबाट घिउ उत्पादन गर्दा घाटा रहने कृषकको अनुभव छ। आचार्यले भने, ‘अहिले बाँकी रहेको दूधबाट घिउ बनाइरहेका छौं। तर हालको अवस्था हेर्दा हामी ६० प्रतिशत घाटामा व्यापार गर्न बाध्य छौं।’

आचार्य र रावतलगायत दूध उत्पादन गरिरहेका सुर्खेतका कृषकहरू अहिले घाटाको व्यापार गरिरहेका छन्। कृषकको गोठमा दैनिक उत्पादन हुने दूधले बजार पाइरहेको छैन। चहलपहल कम भएपछि पछिल्लो समय बजारमा दूधको माग ज्यादै न्यून छ।

वीरेन्द्रनगरमा कृषकबाट दूध संकलन तथा बिक्री वितरण गरिरहेको बौद्ध ग्रामीण सहकारी संस्थाले समेत बजारमा दूधको खपत घटेपछि कृषकबाट न्यून मात्रामा दूध संकलन गर्ने गरेको छ। संस्थाका डेरी व्यवस्थापक प्रदीपबाबु बिसीले भने, ‘लकडाउनपूर्व हामी मागबमोजिम दूध पु¥याउन सकिरहेका थिएनौं। अहिले दूधलाई बजार अभाव छ।’

संस्थाले दैनिक सात सय लिटरसम्म दूध संकलन गथ्र्यो तर हाल दुई सय लिटरमात्र संकलन गरिरहेको छ। कृषकको फर्मबाट सोझै दूध संकलन गर्ने गरिए तापनि हाल उत्पादित दूध फर्काउनुपर्ने अवस्था रहेको बिसीले बताए। 

संस्थाले दैनिक सात सय लिटरसम्म दूध संकलन गथ्र्यो तर हाल दुई सय लिटरमात्र संकलन गरिरहेको छ। कृषकको फर्मबाट सोझै दूध संकलन गर्ने गरिए तापनि हाल उत्पादित दूध फर्काउनुपर्ने अवस्था रहेको बिसीले बताए। 

उनले भने, ‘बजारमा दूधको माग ह्वात्तै घटेको छ। किसानले संकलन केन्द्रमा ल्याएका दूधलाई हामी फर्काउन बाध्य छौं।’ 
संस्थाले पहिले सुर्खेतका विभिन्न स्थानबाट दूध संकलन गर्ने गरे पनि हाल गुर्भाकोट नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाका केही कृषकबाट मात्र दूध संकलन गरिरहेको उनले बताए।

कृषकका समस्याका लागि सरकार जवाफदेही हुनुपर्ने कृषक आचार्यको धारणा छ। उनले भने, ‘हाम्रा उत्पादन खेर गइरहेका छन्। सबै कृषकको यही व्यवसायले परिवार धानिएको हुन्छ। कृषकका उत्पादनको बजारीकरणमा सरकारले तत्कालै कदम चाल्न नसके धेरै कृषक साथीहरू यो पेसाबाट पलायन हुनसक्ने अवस्था छ।’

Leave a Reply

Your email address will not be published.