बाँकेका आठ स्थानीय तहको बजेट ६ अर्ब बढी

बाँकेका आठ स्थानीय तहको बजेट ६ अर्ब बढी

बाँकेका आठ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्। जसमा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ। 

स्थानीय तहले कृषिमार्फत आत्मनिर्भर, स्वरोजगारसँगै स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई क्रमशः प्राथमिकतामा राखेका छन्। सबै स्थानीय तहले बुधबारनै आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका हुन्। 

बाँकेका स्थानीय तहले गाँउसभामार्फत ६ अर्बभन्दा बढीको आय-व्यय प्रस्तुत गरेका छन्। आठ स्थानीय तहले ६ अर्ब २२ करोडभन्दा बढीको आय-व्यय प्रस्तुत गरेका हुन्।

बाँकेमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाले आय, व्याय प्रस्तुत गरेको छ। उपमहानगरपालिकाले एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो। बाँकेको कोहलपुर नगरपालिकाले ८६ करोड, १७ लाख १० हजार पाँच सय ११ रुपैयाँको प्रस्तावित बजेट ल्याएको छ।

यस्तैगरिे खजुरा गाउँपालिकाले ७६ करोड ३७ लाख ४१ हजार ३ सय ८७ रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ। जानकी गाउँपालिकाले आर्थिक वर्ष ५९ करोड ५६ लाख ८२ हजार ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

डुडुवा गाउँपालिकाले ५६ करोड ५७ लाख ५ हजार ३४४ को बजेट गाउँसभामा प्रस्ताव गरेको छ भने राप्तीसोनारी गाउँपालिकाले ७९ करोड ३३ लाख ६ सय ९० रुपैयाँको बजेट पारित गरेको छ। गाउँपालिकाको बुधबार आयोजित सातौ गाउँसभाले उक्त बजेट पारित गरेको हो।

यसैबीच बाँकेको नरैनापुर गाउँपालिकाले पनि बुधवारनै ५५ करोडको बजेट ल्याएको छ।  नरैनापुर गाउँपालिकाको चौथो गाउँसभामा बुधबार गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ५५ करोड २८ लाख २३ हजार ३ सय ६० को बजेट प्रस्तुत गरेका थिए।


Leave a Reply

Your email address will not be published.