कैलालीका ६ स्थानीय तहको ‘डल्लो बजेट’, नीति न कार्यक्रम

कैलालीका ६ स्थानीय तहको ‘डल्लो बजेट’, नीति न कार्यक्रम

कैलालीका ६ वटा स्थानीय तहले 'डल्लो बजेट' राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। 

१३ स्थानीय तह  रहेको कैलालीमा गौरिगंगा नगरपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरिया गाउँपालिका र जानकरी गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाले योजना बाडफाँड नगरी डल्लो बजेटलाई नै नीति तथा कार्यक्रममा समावेस गरेका छन्। 

डल्लो बजेट राखेका स्थानीय तहले नीति तथा कार्यक्रममा कुल बजेट विनियोजन गरेपनि चालुमा कति र पूँजिगत तर्फ कति बजेट रहने भन्ने समेत उल्लेख गरेका छैनन्। 

ती स्थानीय तहले आगामी आर्थिक बर्षका लागि कुनै कार्यक्रम समेत निर्धारण गरेका छैनन्। 

गौरिगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७९ करोड ४० लाख ६३ हजार ६ सय ७ रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ। 

यसैगरी मोहन्याल गाउँपालिकाले ४६ करोड, ६६ लाख १९ हजार १ सय २० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

बर्दगोरिया गाउँपालिकाले ३७ करोड, ३५ लाख ६९ हजार ६ सय ७० रुपैंयाँ बराबरको बजेट विनियोजन गरेको छ। 

त्यस्तै कैलालीको जानकी गाउँपालिकाले ३७ करोड ८१ लाख २ हजार दुई सय ९० रुपैंयाँ बराबरको बजेट विनियोजन गरेको छ । 

यसैगरी कैलालीको घोडाघोडी नगरपालिकाले पनि  आगामी आर्थिक बर्षको बजेटमा चालु र पूँजिगत रकम बाँडफाँड गरेको छैन। 

घोडाघोडीले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८१ करोड बढीको बजेट विनियोजन गरेको छ। 

कैलालीकै लम्कीचुहा नगरपालिकाले पनि आगामी आर्थिक बर्षका लागि ९५ करोड एक लाख ४३ हजार रुपैयाको बजेट प्रस्तुत गरिएकोमा रकम बाँडफाँड भने गरेको छैन। 

धनगढीमा घट्यो बजेट

सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिका धनगढीले आगामी आर्थिक बर्षका लागि डेढ अर्ब रुपैयाँ बढिको बजेट ल्याएको छ। 
जुन चालु आर्थिक बर्षको भन्दा करिव ८७ करोड रकम कम हो। धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

धनगढी उपमहानगरपालिकाले चालुतर्फ ८५ करोड र पूँजीगततर्फ ७८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ। 

चुरेको बजेट ४३ करोड

कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड ३३ लाख ६१ हजार पाँच सय ३० रुपैयाँको बजेट विनियोजन गरेको छ। 
जसमा चालुतर्फ २० करोड ८२ लाख ४२ हजार र पुँजिगततर्फ २२ करोड ५१ लाख १९ हजार पाँच सय ३० रुपैयाँ विनियोजन गरिएको छ। 

टीकापुरको बजेट ७१ करोड

टीकापुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७१ करोड १४ लाख ५६ हजार ५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 
टिकापुरले चालुतर्फ ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ रुपैयाँ र पुँजिगततर्फ २५ करोड ८३ लाख ४४ हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको छ। 

कैलारीको बजेट करिब ५१ करोड

जिल्लाको कैलारी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५० करोड ९५ लाख ६६ हजार ६ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमा चालुतर्फ सात करोड ६० लाख रुपैयाँ र अन्य पुँजिगत विकास तर्फ छुट्याइएको छ । 

जोशीपुर गाउँपालिकाको बजेट ४० करोड 

कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४० करोड ३१ लाख ९ हजार १ सय ९० रुपैयाँबराबरको बजेड विनियोजन गरेको छ। 
जसमा चालु तर्फ १३ करोड ६३ लाख ४८ हजार र पूजिगत तर्फको बजेट १२ करोड ५४ लाख ५६ हजार विनीयोजन गरिएको छ।

गोदावरीको बजेट ९८ करोड

गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९८ करोड ३२ लाख बराबरको बजेट विनीयोजन गरेको छ। 
नगरपालिकाले चालु तर्फ ६२ करोड ७३ लाख बजेट छुट्याएकोमा पूजिगत तर्फ ३५ करोड २९ लाख ४५ हजार बजेट छ्ट्याएको छ। 

भजनी त्रिशक्तिको बजेट ५१ करोड 

कैलालीको भजनी त्रिशक्ति नगरपालिकाले आगामी आथिक बर्षका लागि ५१ करोड ८८ लाख ६३ हजार दुई सय २० रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। जसमा चालु तर्फ १० करोड र पूँजिगत तर्फ ९ करोड ४१ लाख ६३ हजार २ सय २० रुपैयाँ विनीयोजन गरिएको छ। 
 


Leave a Reply

Your email address will not be published.