‘कमसल’  ढुङ्गा बिछ्याउने ठेकेदारलाई हाजिर हुन भक्तपुर नपाको निर्देशन

‘कमसल’  ढुङ्गा बिछ्याउने ठेकेदारलाई हाजिर हुन भक्तपुर नपाको निर्देशन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य बजारका सडकमा गुणस्तरहीन ढुंगा बिछ्याएको भन्दै ठेकेदारलाई नगरपालिकामा हाजिर हुन निर्देशन दिएका छन्। 

भक्तपुरको मुख्य बजारको रुपमा रहेको च्याम्हासिंहदेखि भार्वाचोसम्मको बाटोमा इँटा हटाएर ढुंगा बिछ्याउने क्रममा कमसल ढुंगाको प्रयोग गरिएको आशंका गरिएपछि मेयर प्रजापति आफैं निरीक्षणमा गएका थिए। 

नेपाल सरकारको बजेटअन्तर्गत ठेकेदारमार्फत नगरका विभिन्न ठाउँहरुमा भइरहेको ढुंगा बिछ्याउने काममा कमसल गुणस्तरको ढुंगा प्रयोग भएको जनगुनासो सुनिएपछि नगर प्रमुख प्रजापतीले ती क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन्। 

ढुंगा छपाई गर्ने क्षेत्रमा कम्तीमा चार इन्चको ढुंगा प्रयोग गर्नुपर्नेमा ठेकेदारले मापदण्डभन्दा कम साइजको ढुंगा प्रयोग गरिएको पाइएको छ। 

कमसल ढुंगाा प्रयोग भएको पाइएको हुँदा नगर प्रमुख प्रजापतिले कमसल ढुंगााको प्रयोग नगर्न र मापदण्डअनुसारको ढुंगा प्रयोग गर्न निर्देशन दिएका थिए। 

निरीक्षणका क्रममा उनले भक्तपुर १ स्थित भक्तपुर अस्पतालको प्रांगणमा कोभिड–१९ को लागि बनाइएको आइसोलेसन वार्ड र आईसीयु कक्षको पनि अवलोकन गरेका थिए। सो अवसरमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले छिनै नै आइसियु कक्ष सञ्चालनमा ल्याउने जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published.