नागरिकता विधेयकविरुद्ध तरुण दलले निकाल्यो सिटी जुलुस

नागरिकता विधेयकविरुद्ध तरुण दलले निकाल्यो सिटी जुलुस

नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेस निकट तरुण दलले शनिबार पनि जनकपुरमा विरोध प्रदर्शन गरेको छ।

महिलालाई अपमानित गर्ने गरी विधेयक ल्याइएको भन्दै तरुण दलले जनकपुरमा सिटी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो।

जनकपुरको जनक चोकबाट निकालेको सिटी जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी भानुचोक पुगेर कोणसभामा परिणत भएको थियो।

जनकपुरको जनक चोकबाट निकालेको सिटी जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी भानुचोक पुगेर कोणसभामा परिणत भएको थियो।

तरुण दल धनुषाका सभापति सञ्जयलाभ कर्णको नेतृत्वमा भएको प्रदर्शनमा उपसभापति राकेश विक्रम साह, नगर सभापति पंकज महतो, अजय गुप्ता लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। 

द्वन्द्व निम्त्याउने उद्देश्यसाथ ल्याइयो  विधेयक

बिहे भएको ७ वर्षपछि विदेशी महिलालाई नागरिकता दिने गरी सरकारले ल्याउन लागेको कानुनको विरोध फैलँदै छ। 

२०६३ को नागरिकता कानुनलाई संशोधन गरी वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधानको विरोध सुरु भएको हो।

नागरिकता विधेयक फिर्ता लिन प्रदेश २ को प्रदेशसभादेखि सडकसम्म माग उठ्न थालेको छ। संघीय सरकारले प्रतिनिधिसभामा टेबुल गरेको नागरिकता विधेयक फिर्ता लिनुपर्ने माग राख्दै प्रदेशसभामा पेस भएको सार्वजनिक महत्त्वको प्रस्ताव पारित भएको छ।

सत्तासीन दल जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक शैलेन्द्र यादवले दर्ता गरेको प्रस्तावमाथि प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ। 

तर, प्रमुख प्रतिपक्षी दल नेकपा भने संघीय सरकारले ल्याएको नागरिकता विधेयकको समर्थन गर्दै बचाउमा उतारेको छ।

प्रदेशसभामा बोल्दै जसपा र कांग्रेसका प्रदेशसभा सदस्यहरूले मुलुकमा द्वन्द्व निम्त्याउने उद्देश्यसाथ संघीय सरकारले नागरिकता ऐन संशोधन गर्न विधेयक ल्याएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले दुइतिहाइको दम्भमा संघीय सरकारले मनपरी गरेर ल्याएको विधेयक आफूहरूलाई स्वीकार्य नरहेको बताए। नागरिकता कानुन संशोधनसम्बन्धी विधेयक दुई देशबीचको सांस्कृतिक सम्बन्धमाथि प्रहार रहेको उनको भनाइ थियो।

आफूलाई राष्ट्रवादी भन्दै नाराबाजी गर्नेहरूले नागरिकता विधेयक ल्याएर विभेदपूर्ण मानसिकता उदांगो पारेको यादवले बताए। विधेयककै कारण मुलुकमा कुनै दुर्घटना भए त्यसको कलंक नेकपालाई बोक्नुपर्ने उनको भनाइ थियो।

आफूलाई राष्ट्रवादी भन्दै नाराबाजी गर्नेहरूले नागरिकता विधेयक ल्याएर विभेदपूर्ण मानसिकता उदांगो पारेको यादवले बताए। विधेयककै कारण मुलुकमा कुनै दुर्घटना भए त्यसको कलंक नेकपालाई बोक्नुपर्ने उनको भनाइ थियो।

जसपाकी प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले राष्ट्रघाती निर्णय गर्ने अंगीकृत महिला देखाइदिन संघीय सरकारलाई चुनौती दिइन्। 

राष्ट्रघाती निर्णय गर्नेहरू सबै वंशज नागरिकताधारी पुरुषहरू रहेको भन्दै महिलालाई आघात पुग्ने गरी ल्याइएको नागरिकता विधेयक स्वीकार्य नहुने शर्माले बताइन्।

‘हामीले भोटको राजनीति गरेको आरोप लगाइँदै छ,’ शर्माले भनिन्, ‘हामीले पाएका अधिकार कटौती नगर्नमात्र भनेका छौं, अनावश्यक प्रवाधान ल्याएर भोटको राजनीतिहरू तथाकथित राष्ट्रवादीहरुले गरेका छन्।’ 

बिहे गरेर आउने विदेशी महिलाले ७ वर्षसम्म आफ्नो नामको सीमकार्ड पनि पाउन नसक्ने यो कस्तो कानुन भन्दै उनले प्रश्न गरिन्।

तर, नेकपाकी महिला प्रदेश सांसदहरूले भने संघीय सरकारले ल्याएको नागरिकता विधेयकको बचाव गर्दै राष्ट्रहितमा रहेको दाबी गरेकी छन्।

नेकपाकी प्रदेश सांसद मन्जु यादवले संघीय सरकारले ल्याएको नागरिकता विधेयकले नेपालकी वंशज महिलाको अधिकार सुरक्षित गरेको तर्क गरेकी छन्। 

नागरिकता विधेयक ल्याएर नेकपा सरकारले मधेसको पक्षमा न्यायोचित निर्णय गरेको उनको दाबी थियो।
नागरिकता विधेयकको विरोधमा उत्रेको नेपाली कांग्रेसलाई प्रदेश सांसद यादवले अंगीकृत महिलालाई पार्टीको सभापति बनाएर देखाउन चुनौती दिएकी छन्।


Leave a Reply

Your email address will not be published.