भक्तपुरको पाँंचतले मन्दिरमा श्रमदान गर्न तँछाडमछाड

भक्तपुरको पाँंचतले मन्दिरमा श्रमदान गर्न तँछाडमछाड

उमेरले ८२ वर्ष पुगिसकेकी मोहनमाया त्वायना शनिबार भक्तपुरको पाँंचतले मन्दिर जिर्णाद्वारमा ‘श्रमदान’ गर्न आएकी थिइन्। 

‘संसारले नै चिनेको मन्दिर मर्मत गर्दा केही गर्न नसके पनि एक दुईवटा माटोको डल्ला दिउँ कि भनेर आएकी’ उनले भनिन्। 

स्वंय सेवाको भावलाई उमेरले कहाँ छेक्छ र? 

‘ङातापोल पाँचतले मन्दिरलाई यो जीवनमा यत्ति सहयोग भयो’ उनले भनिन्। 

भक्तपुर गोल्मढीका ७१ वर्षीय बाबुलाल मर्हजन पनि ऐतिहासिक ङातापोल (पाँचतले) मन्दिरमा श्रमदानका लागि आएका थिए। 
उनले पनि आफूले गर्न सक्ने काम गर्छु भनेर आएको बताए। 

‘अरु गाह्रो साह्रो त गर्न सकिँदैन, शरीरले नै दिएन’ उनले भने। काम गर्न नसके पनि यहाँ काम गरेको ठाउँमा बस्दामात्रै मन आनन्द हुने उनले अनुभव सुनाए। 

शनिबार भक्तपुरको ङातापोल (पाचतल्ले) मन्दिरमा श्रमदान गर्नेहरुमात्र २ सय जना रहेको ङातापोल मन्दिर संरक्षण कार्य उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले जानकारी दिए। 

शनिबार दुई समूहलाई मात्र बोलाएको तर अरु पनि समूहहरु सहयोगलाई आउछौँ भनेर आएको उनले बताए। 

ङातापोल (पाचतल्ले) मन्दिर पुनः निर्माणको क्रममा अहिले सम्मकै सवैभन्दा वढी संख्यामा शनिबार श्रमदान भएको उनले बताए। 

अहिले फेरि ङातापोल (पाँचतले) मन्दिर सक्ने क्रम भएकाले धेरै समूहहरु सहयोग गर्ने नपाउला कि भन्ने पिरेर दिनदिनै सोध्ने आउने गरेको उनले बताए । तमखुले अहिलेसम्म करिव १ हजार ३ सय जनाले श्रमदान गरिसकेको जनाए । 

ङातापोल (पाँचतल्ले) मन्दिरको लागि जम्मा लागत ६५ लाख रहेको छुटएको थियो। तर आर्थिक सहयोग र श्रमदान भएकोले हुनाले लागत भन्दा एकदमै थोरैमा काम पूरा हुने उनले बताए। 

भक्तपुरमा जात्रामा पानी बोकेर खुवाउन हिँड्ने ७२ वर्षीय रत्नभक्त प्रजापति पनि शनिबार श्रमदान गर्न आउनेहरुका लागि पानी खुवाउन व्यस्त थिए। 

उनी जुनसुकै जात्रा वा अन्य समारोहमा पानी खुवाएर सहयोग गर्छन्। उनले भक्तपुरमा मात्र नभई ललिलपुर, दोल्खासम्म पनि पानी खुवाएर सहयोग गरेका छन्।
विश्वप्रसिद्ध ङातापोल मन्दिरको पुनः निर्माण २०७६ मंसिर ६ गतेबाट सुरु भएको थियो। त्यसपछि कोभिड–१९ को लकडाउनका कारण चैत ११ गतेदेखि काम वन्द गरेको थियो। तर पछिल्लो पटक फेरि लकडाउनकै बीच मन्दिर पुनःनिर्माणको काम सुरु भएको छ। 


Leave a Reply

Your email address will not be published.