सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलहको २५ रुपैयाँ दिने

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलहको २५ रुपैयाँ दिने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सलह किरा भित्रिएको खण्डमा सो किरा संकलन गरे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको छ । 

सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनिकाल निम्त्याउने एक किलो सलह किरा ल्याउने जोकोहीलाई प्रतिकिलो २५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। 

आइतबार धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो।  मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार सलह किराले पु-याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको छ। अहिलेसम्म सुदूरपश्चिममा सलह भित्रिएको पाइएको छैन।


Leave a Reply

Your email address will not be published.