‘सुत्केरी उद्धारका लागि हेलिकप्टर बाहेक अर्को विकल्प छैन’

‘सुत्केरी उद्धारका लागि हेलिकप्टर बाहेक अर्को विकल्प छैन’

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका-३ जाक्सी खोलामा गएको पहिरोले गयरातीदेखि सडक अवरुद्ध पारेको छ। सडक अवरुद्ध भएसँगै कालिकोट अस्पतालबाट वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालका लागि रिफर गरी ल्याइएकी सुत्केरी बोकेको एम्बुलेन्स पनि १६ घण्टादेखि बाटोमै अलपत्र परेको छ। 

आयोमेलसँगको टेलिफोन सम्पर्कमा बिरामीका श्रीमान राजकुमार शाहीले आफूले रातिदेखि श्रीमतिको ज्यान जोगाइदिन आठविसका जनप्रतिनिधि र छिमेकी जिल्ला अछाममा समेत हार गुहार गरेको तर कतैबाट सहयोग नपाइएको गुनासो गरे।

उनको अवस्था जटिल बन्दै गएको खबर प्राप्त भएपछि आयोमेलले आठविसका मेयर खड्कराज उपाध्यायसँग गरेको कुराकानीमा उनले भने, ‘सडक डिभिजनलाई पनि खवर गरेका छौं। तर, पहिरो ठूलो छ। पहिरो हटाउन डोजर अभाव भएपछि व्यक्तिको डोजरलाई प्रयोगमा ल्याइएको छ। यो डोजरले पहिरो हटाउन अझै दुई दिन लाग्छ। त्यसैले सुत्केरीलाई हेलिकप्टरबाट लग्नुको विकल्प छैन।

‘सुत्केरी महिलाको उद्धारका लागि छिमेकी जिल्ला अछामबाट एम्बुलेन्स पठाउने योजना थियो। तर, अछाममा पनि सडकको अवस्था बिग्रिएकाले एम्बुलेन्स पठाउन सम्भव भएन,’ उनले भने। त्यसका लागि पहल गरिरहेको उनले बताए।


Leave a Reply

Your email address will not be published.