ओपिडी चेकजाँचमा आउनुपूर्व डाक्टरलाई फोन गर्नुपर्ने
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी चेकजाँचका लागि आउनुपूर्व बिरामीहरूले सम्बन्धित डाक्टरलाई फोन गर्नुपर्ने भएको छ। कर्णालीमा कोरोना भाइरस संक्रमण जोखिम बढेको बताउँदै अस्पताल प्रशासनले अनावश्यक भिडभाड नियन्त्रणका लागि यस्तो उपाय अपनाएको हो।
सोमबार विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले ओपिडी चेकजाँच गर्न आउनुपूर्व अनिवार्य रूपमा सम्वन्धित डाक्टरको परामर्श तथा सल्लाह लिएर मात्र आउन अनुरोध गरेको छ।