पहिरोमा रोकिएकी सुत्केरीलाई कालिकोटै फर्काइयो

पहिरोमा रोकिएकी सुत्केरीलाई कालिकोटै फर्काइयो

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका-३ जाक्सी खोलामा गएको पहिरोले गए रातिदेखि भएको सडक अवरुद्धमा अलपत्र परेकी सुत्केरी महिलालाई उपचारका लागि पुनः कालिकोट अस्पताल लगिने भएको छ।

आइतबार साँझ कालिकोट अस्पतालबाट वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा रेफर भएकी खाँडाचक्र नगरपालिका-१ निवासी वसन्ती शाही र उनको नवजात शिशुलाई उपचारका लागि पुनः कालिकोट अस्पताल ल्याइने कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिए। 

उनले भने, ‘सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको जानकारी आएको छ। यहाँका चिकित्सकहरूले जिल्लामै उनको थप उपचार हुनसक्ने बताएपछि हामीले अस्पताल ल्याउन लागेका हौं।’

यो पनि,

सुत्केरी बोकेको एम्बुलेन्स १६ घन्टादेखि बाटोमै अलपत्र

'सुत्केरी उद्धारका लागि हेलिकप्टर बाहेक अर्को विकल्प छैन'


Leave a Reply

Your email address will not be published.