कैलालीमा पनि भित्रियो सलह

कैलालीमा पनि भित्रियो सलह

शनिबार नेपाल प्रवेस गरेको सहल किरा कैलालीका विभिन्न स्थानमा भित्रिएको छ। 

सोमबार कैलालीको बर्दगोरिया, लम्कीचुहा, कैलालरी गाउँपालिकाका विभिन्न स्थानमा सानो-सानो झुण्डमा सलहको बथान भेटिएको सुदूरपश्चिम प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माले बताए। 

उनका अनुसार कैलाली भित्रिएको सलह हावाको वेगसँगै तितरवितर भएर आएको देखिन्छ। सानो-सानो झुण्डमा देखापरेको सलह किराबाट अहिल्यै आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए। तर, किसानले सतर्क भएर बस्नुपर्नेमा भने उनले जोड दिएका छन्। 

'सहल व्यवस्थापनका लागि प्रदेश स्तरमा निर्माण गरिएको समिति भोलिनै ती स्थानमा जाने छ,’ उनले भने, ‘आवश्यक ठानेमा विषदीको प्रयोग गर्ने छ। तर, अहिल्यै विषदी प्रयोग गर्नुपर्ने अवस्था नहुनसक्छ।’ 

सुदूरपश्चिम प्रदेशमा सलह व्यवस्थापनका लागि कृषिबिकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा समिति गठन गरिएको छ। 

सुदूरपश्चिम प्रदेशका कृषिविकास निर्देशक यज्ञराज जोशीले जिल्लाका केही स्थानमा दुई चार सयको संख्यामा सलह जस्तो देखिने फट्याङ्ग्रा भेटिएपनि प्रमाणित भने नभएको बताए। 

झुण्डमा देखिएको फट्याङ्ग्रा सलह हो या हैन भन्ने प्रमाणित गर्न केन्द्रमा फोटो पठाएको उनले बताए। प्रदेश स्तरिय सलह व्यवस्थापन समितिका संयोजकसमेत रहेका निर्देशक जोशीले भोलि मंगलबार संकास्पद स्थानमा गएर निरिक्षण गर्ने तयारी गरिरहेको बताए। 


Leave a Reply

Your email address will not be published.