भक्तपुरमा एक पुरुष मृत फेला

भक्तपुरमा एक पुरुष मृत फेला

भक्तपुर नगरपालिका- ४ गहिटीस्थित सार्वजनिक पाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले यकिन वतन नखुलेको अन्दाजी ४५ वर्षको जडिबुटी उपनामले चिनिने कृष्ण तामाङ मृत अवस्थामा फेला परेको जनाएको छ। 

परिसरको कार्यालय भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट प्रहरी निरीक्षक किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा खटिएकोमा मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको पाइएको परिसरले जनाएको छ। उनको हत्या भएको हुन सक्ने परिसर सूचना अधिकृत दीपक गिरीले जनाए। 

घटनापछि सिन्धुली तीनपाटन गाउँपालिका घर भई हाल गहिटी एरियामा बसी ज्याला मजदुरी गर्ने ३० को इन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

उनले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.