क्यान्सर अस्पतालका कर्मचारीद्वारा विशेष भत्ता नलिने घोषणा

क्यान्सर अस्पतालका कर्मचारीद्वारा विशेष भत्ता नलिने घोषणा

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले लकडाउनको संकटका कारण जेठ महिनादेखिको विशेष भत्ता नलिने घोषणा गरेका छन्।

कर्मचारीहरूले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी अस्पताल सञ्चालक संस्थासँग जेठ महिनाकाे विशेष भत्ता दिन रकम नभएकोले संस्थाको आर्थिक स्थिति राम्रो भएपछि मात्रै विशेष भत्ता लिने जनाएका छन्। 

भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याण संघका अध्यक्ष शिवराम धाख्वाद्वारा जारी विज्ञप्तिमा कर्मचारीले जेठ महिनाको तलब र अन्य सुविधा प्राप्त गरेको जनाइएको छ।  

मेडिकल डाइरेक्टर प्राडा श्रषिकेशनारायण श्रेष्ठ पनि भत्ता नलिई सेवा प्रदान गरिरहेका छन्। विज्ञप्तिमा सातवटा समसामयिक विषयमा पनि धारणा राखिएकाे छ।  


Leave a Reply

Your email address will not be published.