पाँचतल्ले मन्दिरको जीर्णोद्वारमा पाँच सय बढी

पाँचतल्ले मन्दिरको जीर्णोद्वारमा पाँच सय बढी

भक्तपुरको न्यातपोल (पाँचतल्ले) मन्दिर जीर्णोद्वारमा आज साेमबार पाँच सयभन्दा बढी नागरिकले श्रमदान गरेका छन्।

भक्तपुरको प्रसिद्ध ऐतिहासिक न्यातपाेल मन्दिरमा सोमबार पाँच सयभन्दा बढीले जनश्रमदान गरेकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले खुसी व्यक्त गरेका छन्। प्रजापति आफैं मन्दिर पुगेर निर्माणमा जुटिरहेकाहरूमा हौसला प्रदान गरेका थिए।

न्यातपोल मन्दिर जीर्णोद्वार कार्य अन्तिम चरणमा पुगेकाले जनश्रमदान गर्न आउनेको भीड बढेको मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताए। 

जनश्रमदानमा अधिकांश महिलाको सहभागिता रहेको थियो। भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागत इष्टमेटमा न्यातपोल मन्दिरको जीर्णोद्वार गरिएको हो। मन्दिरको जीर्णोद्वार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना छ। 


Leave a Reply

Your email address will not be published.