सुदूरपश्चिममा थप १२१ जनामा संक्रमण, संक्रमित पुगे २४ सय ८७

सुदूरपश्चिममा थप १२१ जनामा संक्रमण, संक्रमित पुगे २४ सय ८७

पछिल्लो २४ घन्टामा सुदूरपश्चिमका विभिन्न जिल्लामा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा हालसम्म कूल संक्रमितको संख्या २ हजार ४ सय ८७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका २७ (७ महिला र २० पुरुष) बाजुराका १ जना पुरुष, डडेल्धुराका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो।

यसैगरी बीर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १ महिला बैतडीका १ पुरुष, डोटीका १५ (१ महिला र १४ पुरुषमा) कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी आजै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा बाजुराका  ४८ (१६ महिला  र ३२ पुरुष) मा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा  गरिएको परिक्षणमा बैतडीका ३ (१ महिला  र २ पुरुष) बाजुराका २ (१ महिला र  १ पुरुष) डडेल्धुरा २ महिला, डोटीका १५ (१३ महिला र  २ पुरुष) र कैलालीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।


Leave a Reply

Your email address will not be published.