सुर्खेतमा अटो चलाउन नपाइने, अत्यावश्यकबाहेक पसल सञ्चालनमा रोक

सुर्खेतमा अटो चलाउन नपाइने, अत्यावश्यकबाहेक पसल सञ्चालनमा रोक

सुर्खेतमा अटो सञ्चालनमा रोक लगाइने भएको छ। लकडाउन खुकुलो भएयता सुर्खेतमा सञ्चालनमा आउन थालेका अटोहरूमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।

बुधबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस संक्रमण रोकथामका लागि सवारी साधन सञ्चालन सम्बन्धमा जोर बिजोर प्रणालीलाई यथावत राखी तीनपाङ्ग्रे सवारी साधन (अटो) सञ्चालनलाई पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।

यसका साथै शुक्रबारदेखि होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा ब्युटी पार्लरसमेत पूर्ण रुपमा बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ।

सूचनामा फलफूल, तरकारी, दुध, औषधीलगायतका अत्यावश्यक सेवाबाहेकका पसलहरू बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्र खुला गर्ने र हप्तामा एक दिन शनिबार पूर्ण रूपमा बन्द गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.