सुदूरपश्चिमका तीन जिल्लामा देखियो सलह

सुदूरपश्चिमका तीन जिल्लामा देखियो सलह

सोमबार सुदूरपश्चिमको कैलालीमा देखा परेको सलह प्रजातिको फट्याङ्ग्रा बुधबारसम्म तीन जिल्लामा देखिएको छ।

तर, सुदूरपश्चिम प्रवेस गरेको सलह विनासकारी भने नभएको प्रदेश कृषि बिकास निर्देशनालयले जनाएको छ। सोमबार कैलालीको लम्की नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिकालगायतका क्षेत्रमा देखिएको सहल मंगलबार डडेलधुरामा देखिएको थियो भने आज बैतडी नगरपालिका–१० मा देखापरेको कृषिविकास निर्देशक यज्ञराज जोशीले बताए।

उनका अनुसारा सुदूरपपिश्चमका तीन वटै जिल्लामा देखापरेको सलह विनासारी भने छैन। ‘ठूलो झुण्डमा सलह प्रवेस गरेको भए बालीमा क्षेति पु-याउने खतरा हुन सक्दथ्यो,’ निर्देशक जोशीले भने, ‘तर यहाँ त्यस्तो परिस्थिति छैन, झुण्डबाट छुटेर केही सलहको समूह सुदूरपश्चिम प्रदेश गरेको देखिन्छ।’ 

सुदूरपश्चिम प्रदेशमा देखिएको सलहले बालीमा नोक्सानी पु-याउन नसक्ने भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले बताए। तर, सचेत हुनुपर्नेमा भने  उनी जोड दिएका छन्। ‘ससानो झुण्डमा रहेको सलहले ठूलो नोक्सानी नगरेपनि केही स्थानमा समस्या निम्त्याउन सक्दछ,’ प्रबक्ता शर्माले भने, ‘त्यसका लागि किसान सचेत हुनुपनर्दछ, प्राकृतिक तरिकाले सहल किरा भगाउन सकिन्छ।’
 
खरानी खेतमा फाल्ने, आगोवालेर धुवाँ उडाउने, विभिन्न माध्यामबाट चर्को ध्वनी निकाल्ने, किरा भएको ठाउँमा वालुवा फाल्ने जस्ता प्राकृतिक उपायबाट पनि सलहलाई खेतमा जानबाट रोक्न सकिने उनले बताए। 

उनले ठूलो झुण्डमा सलह देखापरेमा भने प्रदेश स्तरमा बनेको सलह किरा व्यास्थापन समितिलाई सम्बन्धित स्थानमा पठाएर विषदी प्रयोग गर्ने व्यवस्था गरिएको जोशीले बताए । 

सुदूरपश्चिम प्रदेश सरकरले सलह किरा संकलन गर्ने जो कोहीलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेको छ। यसै गरी सलह व्यवस्थापनका लागि कृषि दिर्नेशक यज्ञराज जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरेको छ।


Leave a Reply

Your email address will not be published.