सैलुन सञ्चालन गर्न पिपिई

सैलुन सञ्चालन गर्न पिपिई

कोरोना महामारीपछि लागु भएको ‘लकडाउन’ खकुलो भएपनि सैलुनहरू सञ्चालनमा आउन सकेको छैन्। सैलुनहरू सञ्चालनमा आउन नसकेपछि कपाल काट्ने पेशामा आवद्ध नाइहरू समस्यामा परेका छन्।

झण्डै तीन महिनासम्म व्यवसाय ठप्प भएपछि नाइहरू सुरक्षा सामग्रीसहित पुनः पेशामा फर्किने तयारी गरेका छन्। कपाल काट्ने पेशमा आवद्ध नाइहरू पिपिइसहितका सुरक्षा सामग्री प्रयोग गरेर काममा फर्कने तयारी गरिरहेका छन्।

नेपाल नाइ ट्रेड युनियन संघ जनकपुरले यहाँका सयभन्दा बढी सैलुनहरूमा पीपीई, मास्क, पञ्जालगायतका सुरक्षा सामग्री वितरण गरेको छ। संघका अध्यक्ष शिवनाथ ठाकुरले सुरक्षासहित काममा फर्कन जनकपुरका सयभन्दा बढी सैलुनहरूमा पीपीईलगायतका सामग्री वितरण गरिएको बताए।

सैलुन सञ्चालन गर्न सरकारले औपचारिक निर्णय नगरेपनि आफूहरू सुरक्षा सामग्रीसहित काम गर्न तयार रहेको उनले बताएका छन्। ‘सरकारले सैलुन सञ्चालन गर्न औपचारिक निर्णय गरेको छैन्,’ उनले भने,‘तर, हामी ग्राहकको सुरक्षालाई ध्यानमा राखेर काम गर्न तयार रहेको सन्देश दिनपनि पिपिई वितरण गरेका छौं।’

तीन महिनासम्म व्यवसाय बन्द भएपछि नाइ पेशामा आवद्ध सयौंलाई दुई छाक टार्नपनि समस्या भइरहेकोले सैलुन सञ्चालनतर्फ सरकारले ध्यान दिनुपर्ने ठाकुरको भनाइ छ।


Leave a Reply

Your email address will not be published.