कर्णालीमा ६ जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा ६ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्ज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा बिहीबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या एक हजार चार सय ७४ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।