चौरजहारी नगरपालिकाद्वारा पिसिआर मेसिन खरिद
रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाले पिसिआर मेसिन खरिद गरेको छ। जिल्लाबाट अन्यन्त्र स्वाव पठाउदा रिपोर्ट आउन समय लाग्ने भएकाले नगरपालिका आफैले कोरोना संक्रमण परीक्षणका लागि पिसिआर मेसिन खरिद गरेको हो।
मेसिन सञ्चालनमा आएपछि रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानसम्म सेवा प्रवाह गर्न सकिने नगरप्रमुख विशाल शर्माले बताए। उनले भने, ‘पिसिआर मेसिन सञ्चालनमा आएपछि दैनिक ९६ जना नागरिकको स्वाब परीक्षण गर्न सकिनेछ।’