सुदूरपश्चिममा एकैदिन थपिए ३ सय ४६ संक्रमित

सुदूरपश्चिममा एकैदिन थपिए ३ सय ४६ संक्रमित

सुदूरपश्चिम प्रदेशमा एक दिनमा थपिने कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ। 

पछिल्लो २४ घण्टाको अवधीमा मात्रै सुदूरपश्चिममा ३ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी आज तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका १ सय ६५ (४० महिला र एक सय २५ पुरुष) अछामका ३१ (५ महिला र २६ पुरुष) बझाङका ३५ (११ महिला र २४ पुरुष) डोटीमा ५८ (१० महिला र ४८ पुरुष) कञ्चनपुरका ३१ (६ महिला र २५ पुरुष) मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी गराइएको छ। 

यसैगरी धनगढीमा बिहीबार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो। 

आज थपिएका संक्रमितहरुमा कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेबगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको थियो।

सुदूरपश्चिममा हालसम्म तीन हजार बढिमा कोरोना पुष्टि भइसकेकोमा सात जनाको मृत्यु भएको छ भने चार सय ९५ जना कोरोना संक्रमण मुक्त भएर घर गएका छन्।


Leave a Reply

Your email address will not be published.