कैलाली बन्यो सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला

कैलाली बन्यो सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला

देशका ७७ वटै जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। कैलालीमा एकै दिन १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ८ सय ७४ पुगेको छ।  

यसअघि कर्णाली प्रदेशमा सबैभन्दा बढी ७ सय ८४ जना संक्रमित रहेका थिए। तर, एकैदिन १ सय ८४ जनामा संक्रमण पुष्टि भएपछि कैलाली सबैभन्दा बढी संक्रमित भएको जिल्ला बनेको हो। 

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगयशालामा गरिएको परीक्षणमा कैलालीमा ४० महिला र एक सय २५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरि धनगढीमा गरिएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो। योस‍ँगै कैलालीमा संक्रमितको सङख्या ८ सय ७४ पुगेको छ।


Leave a Reply

Your email address will not be published.