लकडाउनमा घरभाडा असुले कारबाही गर्ने विप्लव नेतृत्वको नेकपाको चेतावनी
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) सेती-महाकाली व्यूरोले लकडाउनका बेला घरभाडा नलिन घरधनीलाई आग्रह गरेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवको सेती महाकाली व्यूरोले लकडाउन अबधिभरको व्याज मिनाह गर्न बैंक तथा बित्तिय संस्थाहरूलाई आग्रह गरेको छ। यस्तै उसले लकडाउनका बेला घरभाडा लिने घरधनीलाई कारबाहीको भागेदार हुनुपर्ने चेतावनी समेत दिएको छ।
पार्टीका सेती महाकाली नेता निर्माणद्वारा हस्ताक्षरीत विज्ञप्तिमा लकडाउनका कारण जनताको जीवन गुजारा गर्न मुस्किल भइरहेका बेला सहर बजारका घरधनीहरूले घर भाडा अशुल गर्ने नाम बाहालमा बस्नेहरूलाई निकै दुःख दिइरहेको र राजयले पनि ध्यान नदिएको उल्लेख छ। विप्लभले लकडाउन अवधीको घर भाडा छुट गर्न आग्रह गर्दै कुनै घरधनीले भाडा लिएको जानकारी पाएमा कारबाही गर्ने चेतावनी दिएको हो।
साथै विप्लवले वैज्ञानिक वनको नाममा भइरहेको बन फडानी तत्काल रोक्न, विद्यालयहरुले सुरु गरेको धनाड्यका छोराछोरीलाई मात्रै फाइा पुग्ने अनलाइन माध्यमबाट पठनपाठन रोक्न र सुदूरपश्चिम प्रदेशमा असारे विकासको नाममा बजेट सक्ने र भ्रष्टाचार गर्ने कार्य तत्काल बन्द गर्न नगरे जनकारबाही गर्ने चेतावनी दिएको छ।