गोदावरी नगरको नीति-कार्यक्रमप्रति कांग्रेस निकट वडाध्यक्षको आपत्ति

गोदावरी नगरको नीति-कार्यक्रमप्रति कांग्रेस निकट वडाध्यक्षको आपत्ति

गोदावरी नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एकलौटी तरिकाको र कार्यकर्ता मुखी भएको भन्दै नेपाली कांग्रेस निकट वडा अध्यक्षले आपत्ति जनाएका छन् । 

नेपाली कांग्रेसबाट निर्वाचित ५ जना वडा अध्यक्षले डल्लो बजेट राखेर टिप्पणीका आधारमा कार्यक्रम छुट्याइने गरेको, आफू निकटका वडा अधयक्षलाई बढी योजना दिएर बजेटमा विभेद गरेको बताएका छन्।

पाँचैजना वडाध्यक्षले गोदावरी नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नमान्ने घोषणा समेत गेका छन्।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचै जना वडा अध्यक्षहरूले सन्तुलित नीति तथा कार्यक्रम नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

‘यस्तै अवस्थामा नीति तथा कार्यक्रमलाई मान्न सकिदैन,’ गोदावरी १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले भने, 'हाम्रो माग सम्बोधन नभए सम्म नगरपालिकाको सबै कार्यक्रम बहिष्कार गर्ने छौं।’ 

उनीहरूले डल्लो बजेट फोड्नु पर्ने लगायत १३ बुँदे माग अगाडी सारेका छन्। गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले भने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सन्तुलित तरिकाले आएको दावी गरेका छन्। 

‘नगरको विकास र कोरोना बाट भएको क्षेती न्यनीकरण गर्ने उद्देश्य सहित नीति तथा कार्यक्रम ल्याइएको छ,’ मेयर साउादले भने,‘कसैको असन्तुष्टि भए बसेर छलफल गर्न सकिन्छ, आन्दोलननै समस्याको समाधान होइन।’


Leave a Reply

Your email address will not be published.