सुदूरपश्चिम प्रदेशमा एकै दिन ४ सय ८९ संक्रमित थपिए
सुदूरपश्चिममा पछिल्लो २४ घण्टाको अवधीमा ४ सय ८९ जनामा कोरोना पुष्टि भएको छ।
यो संख्या एकैदिन थपिने मध्यकै हाल सम्मको उच्च हो। आज थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार ब्रिफिङमार्फत गराइएको जनकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन शिक्षण अस्पताल, सेती प्रादेशीक अस्पतालमा गरिएको परीक्षणबाट सुदूरपश्चिमका ४ सय ८९ जनामा कोरोना पुष्टि भएको हो।
आज थपिएका मध्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा दुई सय सात जना र धनगढीको प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि भएको हो।
पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ६६ (६ महिला र ६० पुरुष) बैतडीका ३२ (४ महिला र २८ पुरुष) बाजुराका ४७ (१२ महिला र ३५ पुरुष) डोटीका २४ (८ महिला र १६ पुरुष) कैलालीका ९ (१ महिला र ८ पुरुष) कञ्चनपुरका २९ (९ महिला र २० पुरुष) मा कोरोना पुष्टि भएको हो।
यसै गरी शिक्षण अस्पतालको प्रयोगशालामा अछामका ४६ (९ महिला र ३७ पुरुष) डडेल्धुराका २८ (६ महिला र २२ पुरुष) बाजुराका ६( १ महिला र पाँच पुरुष) कैलालीका १२ (१ महिला र ११ पुरुष) तथा कञ्चनपुरका चार पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ।
डाक्टर गौतममका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका ११० (२० महिला र ९० पुरुष) बैतडीका चार पुरुष, बझाङका १३ (३ महिला र १० पुरुष) डोटीका ११ (३ महिला र ८ पुरुष) कैलालीका ७ (२ महिला र पाँच पुरुष) तथा कञ्चनपुरका दुई महिलामा कोरोना पुष्टि भएको हो।
यस्तै शुक्रबार नै धनगढीमा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो।
यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेरा गाउँपालिका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ। देशका सात वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रोमा छ। सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन्। बिहीवार मात्र सुदूरपश्चिममा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।