कोरोना पुष्टि भएका एक युवाले गरे आत्महत्या

कोरोना पुष्टि भएका एक युवाले गरे आत्महत्या

बझाङमा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका- ७ मा रहेको लामागडा प्रावि क्वारेन्टाइनमा बस्दै आएका एक युवकले शुक्रबार आत्महत्या गरेका हुन्। 

खप्तड छान्ना गाउँपालिकामा प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले  वडा नम्बर ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेको बताए। प्रवक्ता सिंहका अनुसार जेठ १९ गते भारतबाट आएका ती युवा क्वारेन्टाइनमा बस्दै आएका थिए।

‘त्यस क्वारेन्टाइनमा रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसीआर गरिएको थियो,’ प्रवक्ता सिंहले भने, ‘पिसिआर गर्दा अन्यको रिपोर्ट नेगेटिभ आयो ती युवकको मात्र पोजेटिभ आएको थियो।’


Leave a Reply

Your email address will not be published.