हिन्दु राष्ट्रको माग गर्दै जनकपुरमा प्रदर्शन
नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग राख्दै जनकपुरमा प्रदर्शन भएको छ। वर्षौंदेखि कायम परम्परालाई विस्थापित गरी जबरजस्ती धर्मनिरेपक्षता लादिएको भन्दै राष्ट्रवादी समूहले शनिबार जनकपुरमा प्रदर्शन गरेको हो।
स्थानीय जनक चोकबाट सुरु भएको -याली राम चोक, जानकी चोक, मिल्स एरिया, भानु चोकलगायतका स्थान पुगेर प्रदर्शन गरेको थियो। राष्ट्रवादी समूहले नेपाललाई पुनः हिन्दु राष्ट्र कायम , भ्रष्टाचार अन्त्य, राष्ट्रघाती सम्झौता खारेजीलगायतका माग राख्दै प्रदर्शन गरेको छ।
-यालीपछि आयोजित कोणसभामा बोल्दै वक्ताहरूले केही राजनीतिक दलको स्वार्थमा सनातन कालदेखि कायम हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरिएको बताएका छन्।
पछिल्लो केही वर्षयता मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले भ्रष्टाचारमा संलग्नलाई तत्काल कारबाही हुनुपर्ने बताएका छन्।
कोरोना महामारीपछि सुरु भएको लकडाउनका कारण आमनागरिक समस्या भोग्न बाध्य रहेकोबेला कोरोनाकै नाउँमा समेत भ्रष्टाचार भइरहेको भन्दै भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्न उनीहरूले माग गरे।
कोणसभामा वीरेन्द्र लाल कर्ण, प्रकाश राणालगायतका व्यक्तिहरूले सम्बोधन गरेका थिए।