बझाङ पहिरो अपडेट : उद्धारका लागि गएको सेनाको गाडी दुर्घटना, तीन जना घाइते

बझाङ पहिरो अपडेट : उद्धारका लागि गएको सेनाको गाडी दुर्घटना, तीन जना घाइते

बझाङको दुर्गाथलीमा गएको पहिरोमा हराएका नागरिकको उद्धार गर्न हिँडेको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। 

पहिरो गएको स्थान केदार स्यू गाउँपालिका-८ मा हराएका नागरिकसँगै समस्यामा परेका नागरिकलाई राहत सामग्री ल्याएर हिडेको गाडी केदार स्यू गाउँपालिका- १ मा दुर्घटना भएको वडा नम्बर-८ का अध्यक्ष गणेश बोहराले बताए।

दुर्घटनामा परेर तीन जना नेपाली सेनाका प्रतिनिधी घाइते भए पनि थप विवरण प्राप्त नभएको उनले बताए। प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सो विषयमा आफूलाई जानकारी नभएको बताए। 

अविरल वर्षाका कारण आएको पहिरोका कारण १८ घर पुरिनुका साथै ७ जना बेपत्ता भएका थिए । वेपत्ता मध्य पाच जनाको शव फेला परेको वडा अध्यक्ष बोहराले बताए।

पहिरोका कारण घरवारबिहीन बनेका नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट राहत सामाग्री ल्याउने तयारी भइरहेको उनले बताए। ‘स्थल मार्ग हुँदै आएको गाडी दुर्घटनामा परेपछि सेनाको मिनी हेलिकप्टरमार्फत राहत ल्याउने तयारी भइरहेको छ,’ वडा अध्यक्ष बोहराले भने, ‘घरबारविहीन भएका नागरिकलाई तत्कालै त्रिपाल र केही न्यानो कपडा वितरण गर्दैछौं।’ 

उद्धारमा केदार स्यूसँगै छिमेकी दुगर्थाथली गाउँपालिका जनप्रतिनिधि र प्रहरी घटना स्थलमा परेका छन्। 

वडा अध्यक्ष बाहराका अनुसार पहिरोमा पुरिएकामध्ये हालसम्म ४० वर्षीया राममति जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको छ। पहिरोमा पुरिएकामध्ये हालसम्म १६ वर्षीया छोरी अस्मिता जेठारा,१५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा फेला परेका छैनन्। 


Leave a Reply

Your email address will not be published.