मास्क प्रयोग नगर्ने १२८ जनालाई कारबाही

मास्क प्रयोग नगर्ने १२८ जनालाई कारबाही

बारा प्रहरीले मास्क प्रयोग नगरेर अटेर गर्नेमाथि कडाइ गरेको छ।

कोरोना महामारी फैलिइरहेको बेला मास्क प्रयोग नगर्नेहरूमाथि बारा प्रहरीले कडाइ सुरु गरेको हो। मास्क प्रयोग नगरेर अटेर गर्ने १२८ जनामाथि कारबाही गरिएको बारा प्रहरीले जनाएको छ।

कोरोना संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्न नेपाल सरकारका साथै जिल्ला प्रशासन कार्यालयबाट समेत भएको निर्देशन अटेर गरेर मास्क प्रयोग नगर्नेहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले बताएका छन्।

मिश्रले बिनामास्क व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चालक, पैदल हिंडडुल गर्ने यात्रीसहित १२८ जनालाई नियन्त्रणमा लिइ संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएको बताए। 

मास्क प्रयोग नगर्ने उनीहरूलाई संक्रामक ऐनअनुसार प्रति व्यक्ति सय रुपैयाँ जरिवाना गरेर छोडिएको उनले बताए।

‘लकडाउन’ खुकुलो भएसँगै प्रदेश २ का जिल्लाहरूमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएका निर्देशनको व्यापक उल्लंघन हुँदै आइरहेको छ।


Leave a Reply

Your email address will not be published.