बझाङ पहिरो अपडेट : राहत सामग्री बोकेको हेलिकोप्टर घटनास्थलमा अवतरण हुन सकेन
बझाङको केदार स्यु गाउँपालिका ८ मा पहिरो गएपछि घरवार विहिन बनेका परिवालाई राहत सामाग्री ओसारेर घटना स्थल गएको हेलिकोप्टर सो ठाउँमा अवतरण हुन नसक्दा राहत सामाग्री चैनपुरमै झारिएको छ।
तत्कालै आवश्यक पर्ने सामाग्री घटना स्थलबाट निक्कै टाढा झारेपछि घटना स्थल सम्म लैजान थप समस्या भएको छ।
मिनि आकारको हेलिकोप्टरमा सामाग्री ल्याउने भनिएपनि सामाग्री नअटाएपछि नेपाली सेनाको ठुलो हेलिकोप्टरबाट सामान ओसारीएको थियो। सो हेलिकोप्टर घटना स्थल आवपास अवतरण हुन नसकेपछि चैनपुरमै सामान झार्नुपरेको हो।
चैनपुरमा सामाग्री झार्दा सो सामाग्री ट्रक मार्फत झोता लैजानु पर्ने हुन्छ। झोता बाट बोकेर कम्तिमा ४ घण्टा हिडेपछि मात्रै तत्कालिन राहको सामाग्री घटना स्थल सम्म पु-याउन सकिने केदार स्यु–८ का वडा अध्यक्ष गणेश बोहराले बताए। उनका अनुसार पहिरो पिडित परिवारका लागि ल्याइएको सामाग्री घटना स्थल सम्म पु-याउन कम्तिमा दुई दिन लाग्ने छ। राहतका सामाग्रीमा त्रिपाल, कम्बल लगायतका सामाग्री रहेको उनले बताए।