बिजुलीको पैसा तिर्न घन्टौं लाइन बस्दा दिग्दारी

बिजुलीको पैसा तिर्न घन्टौं लाइन बस्दा दिग्दारी

भक्तपुरकी केशरी मानन्धर बिजुलीको महशुल बुझाउन नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र गइन्। तर, उनी पैसा तिर्नेको लाइन देखेर चकमकाइन्।

‘ओहो! यति लामो लाइन कतिबेला सकिन्छ होला। लाइन देख्दा मलाई घर फर्किएर जाउँ लाग्यो,’ उनले भनिन्, ‘आखिर पैसा जसरी पनि तिर्नु नै थियो। घन्टौं लाइन बसेर पैसा तिर्न बाध्य हुनुपर्‍याे।’

आयोमेलकर्मी त्यहाँं पुग्दा बिजुलीको पैसा तिर्नेको लाइन कार्यालयबाट मुख्य सडकसम्मै पुगेको थियो। सामाजिक दूरी कायम गरी चेक गराएर मात्र कार्यलयभित्र पठाउने गरिएको थियो। लामो लाइन भएकाले लाइनमा भने सामाजिक दूरीको वास्ता गरिएको थिएन। 

‘सबैतिर लकडाउन भएकोले लाइन बस्नु नपर्ला भनेर पैसा तिर्न आएको त सामान्य अवस्थाभन्दा झनै ठूलो लाइन रहेछ,’ उनले भनिन्। घाममा लामो समय लाइन बस्नु पर्दा निकै सास्ति खेप्नु परेको उनले सुनाइन्। 

बिजुलीको पैसा तिर्न आएका अर्का तुल्सीराम कोजुले तीन दिन कार्यालय धाएको बताए। सधैं लामो लाइन हुने भएकाले घर फर्केने गरेको उनको अनुभव छ। लाइनमा सामाजिक दूरी कायम नहुने भएकाले डर लाग्ने गरेको उनले सुनाए।

भोलि त कम होला भन्ने आसामा उनी तीन दिनयता नियमित विद्युत कार्यालय धाइरहेका छन्। तर, त्यहाँ पुग्दा उनले सोचेजस्तो हुँदैन। सधैं लामै लाइन हुन्छ।

आज त उनी सधैं कति धाउन भनेर जोखिम मोलेर लाइनमै बसेका छन्। ‘अनलाइनबाट पनि तीन मिल्छ भन्छन्। तर, हामीलाई तीन आउँदैन,’ उनले भने।

हिजोआज विद्युतको पैसा तिर्न मात्रै होइन, खानेपानी, टेलिफोन, इन्टरनेटको पैसा तिर्न पनि जताततै त्यस्तै लाइन बस्नुपर्ने बाध्यता छ। चर्काे घाममा घन्टौं लाइन बसेर पैसा तिर्न बाध्य हुँंदा सर्वसाधारण दिक्क छन्। 

भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले लकडाउन भएदेखिको बिजुलीको पैसा तिर्न बाँकी भएको बताए। करिब तीन महिनाको पैसा एकैचोटि लिर्नुपर्ने भएकाले लाइन भएको रमणले बताए। कसै-कसैले तीन महिनाभन्दा अगाडिदेखिको महशुल बुझाउन बाँकी भएकाले अहिले भीड भएको उनले बताए।


Leave a Reply

Your email address will not be published.