दाङमा २१६ जना कोरोना संक्रमित डिस्चार्ज
दाङमा कोरोना रोगलाई जितेर घर फर्कने दुई सय बढि पुगेका छन्। जिल्लामा कोरोना संक्रमण देखिएर उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी तथा पालिकाले निर्माण गरेका आइसोलेसन सेन्टरमा भर्ना भएका ५ सय ९० जना मध्य असार २१ गते आइतवारसम्म २ सय १६ जना व्यक्तिहरू कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन्।
उनीहरू कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एक सय १७ जना र बाँकी गाउँपालिकाले निर्माण गरेका आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन। कोरोना भाइरस जितेर घर फर्कने १ सय ८५ जना पुरुष र ३१ जना महिलाहरू रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ। केन्द्रका अनुसार कोरोना जितेर घर फर्कने सवैभन्दा धेरै घोराही उपमहानगरपालिकाका ९९ जना रहेका छन्।
त्यसैगरी बंगलाचुली गाउँपालिकाका ६९ जना, राप्ती गाउँपालिकाका १४ जना, लमही नगरपालिकाका ११ जना, तुलसीपुर उपमहानगरपालिकाका ९ जना, गढवा गाउँपालिकाका १० जना, बबई गाउँपालिकाका ३ जना र राजपुर गाउँपालिकाका १ जना रहेको जिल्ला आपतकालिनकार्य सञ्चालन केन्द्रका बिनायक पौडेलले जानकारी दिएका छन्।
दाङमा हालसम्म सवैभन्दा धेरै कोरोना संक्रमित घोराही उपमहानगरपालिकामा २ सय ५८ जना रहेका छन्। उनीहरू मध्य २ सय २१ जना पुरुष र ३७ जना महिलाहरू रहेको छन्। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ४० जना पुरुष र ७ जना महिला गरि ४७ जना, लमहीमा १४ जना पुरुष र ७ जना महिला गरि २१ जना, गढवामा २९ जना पुरुष र ६ जना महिला गरि ३५ जना, राजपुरमा ९ जना पुरुष र ७ जना महिला गरि १६ जना कोरोना संक्रमितहरू रहेका पौडेलले जानकारी दिए।
पौडेका अनुसार बंगलाचुलीमा १ सय ३६ जना पुरुष र २० जना महिला गरि १ सय ५६ जना, राप्ती गाउँपालिकामा १९ जना पुरुष र ८ जना महिला गरि २७ जना, बबई गाउँपालिकामा १४ जना पुरुष र दंगीशरणमा १ जना पुरुष र २ जना महिला गरी ३ जना र शान्तिनगर गाउँपालिकामा १० जना पुरुष र ३ जना महिला गरि १३ जना कोरोना संक्रमितहरू रहेका छन्।
दाङमा ३ सय ७३ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। उनीहरू मध्य घोराहीका १ सय ५८ जना, तुलसीपुरका ३८ जना, लमहीका १० जना,गढवाका २५ जना, राजपुरका १५ जना, राप्तीका १३ जना, बंगलाचुलीका ८७ जना, दंगीशरणका ३ जना, बबई गाउँपालिकाका ११ जना र शान्तिनगरका १३ जना कोरोना संक्रमित उपचारमा रहेका छन्। उपचाररत ६५ जना महिला र ३ सय ८ जना पुरुषहरू रहेका छन्।
पिसिआर मेसिन ठप्प
यसैविच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षणको लागि राखिएको मेसिन दुईदेखि ठप्प रहेको छ। प्रतिष्ठानले कोरोना परीक्षणका लागि शुल्क लाग्ने बताएपछि स्थानीयले तहहरूले प्रतिष्ठानमा स्वाब पठाउन छोडेका छन्। प्रतिष्ठानमा कोरोना परीक्षणका स्वाव आउन छोडेपछि प्रतिष्ठानमा रहेका दुई वटा पिसिआर मेसिन बन्द रहेको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ।
तर प्रतिष्ठानले भने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार ल्याइएका स्वावलाई मात्र परीक्षण गर्ने जनाएको छ। तर अहिले स्वाव नआएकाले परीक्षण नभएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्।
‘स्वास्थ्य मन्त्रालयले भने अनुसार नमूना आए प्रतिष्ठानले परीक्षण गर्नेछ', प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार देवले भने,‘नियमसंगत आउने स्वावको परीक्षण हुन्छ।’ उनका अनुसार प्रतिष्ठानले हालसम्म १५ हजार बढिको स्वाव परीक्षण गरेको छ।